Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – शुक्रबारदेखि दक्षिण अमेरिका र उत्तर अमेरिकाका राष्ट्रहरूबीच प्रतिस्पर्धा हुने कोपा अमेरिका–२०२४ सुरु हुँदैछ। अमेरिकाका विभिन्न सहरहरूमा लगभग एक महिना चल्ने यो प्रतियोगिताको पहिलो दिनमा साविक विजेता अर्जेन्टिनाले क्यानडाविरुद्ध खेल्नेछ।

यो खेल अमेरिकाको मर्सिडिज बेन्ज रंगशालामा नेपाली समय अनुसार बिहान ५ः४५ बजेदेखि सुरु हुनेछ। यस संस्करणमा १६ टिमले भाग लिएका छन्, जसलाई चार समूहमा विभाजन गरिएको छ, प्रत्येक समूहमा चार टिम रहनेछन्। प्रत्येक समूहबाट शीर्ष दुई टिम क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्।

प्रतियोगिताको फाइनल खेल आगामी जुलाई १४ मा मियामीमा हुनेछ। अमेरिकाले दोस्रो पटक कोपा अमेरिकाको आयोजना गर्दैछ। सन् २०२१ मा भएको पछिल्लो संस्करणमा अर्जेन्टिनाले ब्राजिललाई १-० ले हराउँदै उपाधि जितेको थियो।

तपाईको प्रतिक्रिया