Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – टी-२० विश्वकप क्रिकेटको सुपर ८ चरणमा बिहीबार भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार बेलुकी ८:१५ बजे बारबाडोसमा सुरु हुनेछ। दुवै टोली सुपर ओभरको पहिलो खेल खेल्न लागेका छन्।

हालको टी-२० विश्वकपमा भारत अपराजित रहेको छ भने अफगानिस्तानले पछिल्लो खेलमा वेष्टइण्डिजसँग पराजय भोगेको थियो। विश्वकपको इतिहासमा भारतविरुद्ध अफगानिस्तानले अहिलेसम्म जित हासिल गर्न सकेको छैन। तीन पटकको सामना सबै खेलमा भारतले विजय हासिल गरेको छ।

दुई टोलीबीच हालसम्म ८ वटा टी-२० खेल भएका छन्, जसमा भारतले ६ खेलमा जित दर्ता गरेको छ भने एक खेल बराबरीमा टुंगिएको थियो र अर्को खेल रद्द भएको थियो। यसैले आजको खेलमा अफगानिस्तानसँग भारतलाई पराजित गरी इतिहास रच्ने मौका रहेको छ।

टी-२० आईको इतिहासमा भारत र अफगानिस्तानले पहिलो पटक दुईवटा सुपर ओभर खेलेको रेकर्ड छ। अफगानिस्तानको भारत भ्रमणका क्रममा बैंगलोरमा भएको खेल डबल सुपर ओभरसम्म पुगेको थियो। पहिलो सुपर ओभरमा दुबै टोलीले १६-१६ रन बनाएको थियो, जसले गर्दा खेल दोस्रो सुपर ओभरमा पुगेको थियो। दोस्रो सुपर ओभरमा भारतले २ विकेट गुमाएर ११ रन बनाएको थियो। जवाफमा अफगानिस्तानले २ विकेट गुमाएर मात्र १ रन बनाउन सकेपछि भारत विजयी भएको थियो। यसैले आजको खेल पनि रोमाञ्चक हुने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया