Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेसको आन्तरिक एकता बलियो भएमा अन्य राजनीतिक दलहरूले पराजित गर्न नसक्ने धारणा व्यक्त गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित नेपाल महिला संघको कार्यशाला गोष्ठीमा उनले काँग्रेसभित्रको एकता र सहयोगलाई बलियो बनाउन जोड दिए।

डा. कोइरालाले महिलाहरूले लैङ्गिक मात्र होइन, आर्थिक र सामाजिक प्रतिनिधित्वमा पनि सबल हुनुपर्ने बताए। आगामी निर्वाचनमा काँग्रेसले स्थानीय तहमा महिला नेतृत्वलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए। “महिलाहरूलाई पालिकाको अध्यक्ष पदमा धेरै सिट दिन जरुरी छ,” उनले भने।

उनले काँग्रेसभित्रको एकता कायम राखेर अघि बढ्नुपर्ने र महिलाहरूलाई प्रदेश र संघ संसदमा प्रतिस्पर्धा गर्न आवश्यक रहेको पनि बताए।

तपाईको प्रतिक्रिया