Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने विश्वास व्यक्त गरेका छन्।

बिहीबार प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको जानकारी दिए। उनले भने, “मैले भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएको छु, उपयुक्त समयमा मोदीजी नेपाल आउनुहुन्छ।”

सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले आफू भारतीय प्रधानमन्त्री मोदीको औपचारिक निमन्त्रणामा भारत भ्रमण गरेको स्पष्ट पारे। उनले भने, “भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लिखित निमन्त्रणामा जेठ २७ र २८ मा भारतको औपचारिक भ्रमण गरेको हुँ। भ्रमणका गतिविधिहरू दूतावासमार्फत् सार्वजनिक जानकारी गराइएको छ।”

 

 

तपाईको प्रतिक्रिया