Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काजाब्लान्का क्यासेल्लो – तमु समाज र तमु धीं बेल्जियमबीच आधिकारिक रूपमा एकता भएको छ । ‘अधिकार सहितको पहिचान सम्पूर्ण तमुहरूको साझा अभियान’ मूल नारालाई आत्मासाथ गर्दै दुई संस्थाबीच एकता घोषणा गरिएको हो ।

सन २००० मा तमु समाज र २०१७ मा तमु धी स्थापित वैचारिक असहमतिसहित तमु समाज र तमु धी फरक रूपमा बेल्जियममा सक्रिय थिए । ७ वर्षदेखि एकताको लागि पहल गर्दै आएका अध्यक्षद्वय होम तमु र संगीता गुरुङ, बालेन्द्र गुरुङ, नन्द राज घले र प्रविना गुरुङ, नन्दा कुमारी गुरुङ ओम राज गुरुङ, मेख गुरुङ, मनिष गुरुङ सञ्जय गुरुङलगायत सम्पूर्ण पहल समितिका सदस्यहरूको पहलले सार्थकता पाएको छ ।मध्यस्थताको भूमिकामा रही सहयोग पुर्‍याउने सिक्लेस पार्चे कल्याण कोषका अध्यक्ष ओम प्रसाद तमु, गम बहादुर तमु, चन्द्रकुमारी गुरुङ, नारायण गुरुङ लक्जेम्बर्ग, नवीन गुरुङ, मीन गुरुङ, श्रीप्रसाद गुरुङ लगायत समाजका सबै अग्रजहरूको एकतामा भूमिका खेलेका थिए ।

दुवै पक्षले तमु धी र तमु समाज बेल्जियमको संयुक्त वार्षिक साधारणसभा गर्ने सहमति भएर वार्षिक अधिवेशनमा ‘अधिकार सहितको पहिचान सम्पूर्ण तमुहरूको साझा अभियान’ मूल नारालाई अधिवेशनले पारित गर्दै एकता भएको घोषणा बेल्जियमको अन्तोर्पेन शहरमा गरिएको थियो । अधिवेशनमा बेल्जियममा रहेको दुई तमु संस्था एकता भई बेल्जियममा तमु जातीको एउटै मात्र संस्था तमु समाज बेल्जियम रहने ऐतिहासिक निर्णय भएको घोषणा गरिएको हो ।अधिवेशनमा राम घलेले सबैलाई स्वागत गरेका थिए भने तमु राष्ट्रिय मुक्ति मोर्चा युरोप इन्चार्ज मनिस गुरुङ, गैर आवासीय नेपाली संघ बेल्जियमका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेस बेल्जियमका पूर्व सभापति प्रेम गुरुङ, नेकपा एमालेको भातृ संगठन तमु राष्ट्रिय मञ्चका केन्द्रीय उपाध्यक्ष गमबहादुर गुरुङ, संरक्षक विमल लिम्बु, गैर आवासीय नेपाली संघ लक्जेम्बर्गका संस्थापक अध्यक्ष नारायण गुरुङ, प्रवासी मञ्च बेल्जियमका निवर्तमान अध्यक्ष चन्द्रकुमारी गुरुङ (ईशा) लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका महासचिव चित्रजंग गुरुङले सञ्चालन गरेको कार्यक्रममा ईश्वरी गुरुङले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् । बेल्जियममा रहेका नेपाली सस्ताहरू मध्ये सबैभन्दा पुरानो तमु संस्थाको रूपमा स्थापित तमू समाज एकतापछि अब सशक्त रूपमा काम गर्ने बताइएको छ । अधिवेशनको सभापतित्व अध्यक्ष होम गुरुङले गरेका थिए । एकता घोषणा भने अध्यक्षद्वय होम गुरुङ र संगीता गुरुङले संयुक्त रूपमा गरेका हुन् ।

तपाईको प्रतिक्रिया