Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा बाढीको जोखिम बढेकाले शुक्रबारदेखि आयोजनाको सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ। मनसुन सक्रिय भएसँगै पानीको बहाव बढ्दा नदी धमिलो हुने भएकाले सिन्धुपाल्चोकको अम्बाथानस्थित सुरुङ बन्द गरिने भएको हो।

मनसुन कम भएपछि मात्रै उपत्यकामा मेलम्चीको पानी पठाउने तयारी गरिएको छ। मनसुनजन्य विपत्तिबाट आयोजनाको सम्भावित क्षति न्यूनीकरणका लागि वर्षा सुरु भएसँगै आयोजना बन्द गर्ने निर्णय गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेको छ, जसले बाढी र पहिरोको खतरा बढाउन सक्छ। दुई वर्षअघि मेलम्ची खोलामा आएको बाढीले करिब दुई अर्ब बराबरको क्षति पुर्याएको थियो। मनसुन सकिएपछि मात्रै पुनः मेलम्चीको पानी उपत्यकामा वितरण गरिने छ।

तपाईको प्रतिक्रिया