Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद धनराज गुरूङले खेलकुद मन्त्री विराजभक्त श्रेष्ठको अभिव्यक्तिलाई लिएर टिप्पणी गर्दै राजीनामा पत्रको सुरक्षा सम्बन्धी चिन्ता व्यक्त गरेका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा बजेटमाथि छलफल गर्दै कांग्रेस उपसभापति समेत रहेका गुरूङले २०८४ सालको चुनाव अघिसम्म राजीनामा पत्र खल्तीमै सुरक्षित राख्न मन्त्री श्रेष्ठलाई आग्रह गरे।

गुरूङले भने, “युवा तथा खेलकुद मन्त्रीले खल्तीमा राजीनामा पत्र बोकेर हिँड्नु भएको छ, त्यसैले कडा बोल्नुभएको छैन। कडा बोल्दा खल्तीबाट राजीनामा पत्र निस्कियो भने गाह्रो पर्न सक्छ। राजीनामा पत्र खल्तीमा बोकेर नहिँड्नुस्, पानीले भिज्ला,” उनले थपे, “पानीमा भिज्यो भने च्यातिने डर हुन्छ, त्यसैले सुरक्षित राख्नुस्।”

केही समयअघि मन्त्री श्रेष्ठले राजीनामा पत्र खल्तीमा बोकेर हिँडेको र त्यसमा मिति मात्र लेख्न बाँकी रहेको बताएका थिए।

तपाईको प्रतिक्रिया