Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सांसद हृदयराम थानीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफूले बोलेको अभिव्यक्तिको जिम्मेवारी लिनुपर्ने बताएका छन्। उनले गिरीबन्धु टी स्टेट जग्गा छानबिन, केन्टोनमेन्टको घोटाला, ओम्नी र यती तीन प्रकरणको छानबिन गरेर देखाउन चुनौती समेत दिए।

मंगलबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत छलफलमा सहभागी थानीले तीन वटा फाइल खोल्यो भने देशका अधिकांश नेता जेलमा हुन्छन, संसदमा हुँदैनन् भनेर दिएको अभिव्यक्तिलाई पुष्टि गरेर देखाउन चुनौती दिएका हुन्। ‘तपाईंकै शब्दमा भन्छु –मन्त्रीज्यु तपाईंले मुटु सिंहको जस्तो हुनुपर्छ। फिस्टाको जत्रो होइन भन्नुभयो। तीनवटा फाइल कुनकुन हुन भन्न सक्नुहुन्छ ? सक्नुहुन्छ भने फाइल खोल्न किन ढीलो गर्नुभइरहेको छ ?’

सांसद थानीले गृहमन्त्रीलाई उक्साउँदै थपे, ‘गिरीबन्धु टी स्टेटको छानबिन गर्न तपाईंको सिंहको मुटु छ ? सक्नुहुन्छ तपाईंले ? केन्टोनमेन्टको घोटालाबारे छानबिन गर्न सक्नुहुन्छ। तपाईं ओम्नी र यतीको बारेमा छानबिन गर्न सक्नुहुन्छ ?’ यस्तै उनले सहकारी ठगीको नाइके जीवि राइलाई पक्राउ गरेर ल्याउँछु भनेर गृहमन्त्रीले बोलेको कुरा स्मरण गराउँदै पक्रेर देखाउन आग्रह गरे।

तपाईको प्रतिक्रिया