Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपाल प्रहरीको विश्वसनीयता खस्कँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले गृह मन्त्रालयको नेतृत्वको असक्षमताले प्रहरीको प्रतिष्ठामा आँच आएको बताए।सांसद पौडेलले गृह मन्त्रालयको स्पष्टतामाथि प्रश्न उठाउँदै सार्वजनिक जग्गा र सुशासनको सवालमा यसको कार्यशैली अपारदर्शी भएको दाबी गरे। उनले आगामी आर्थिक वर्षको बजेट विनियोजनले आर्थिक अनुशासनको पालना नगरेको पनि बताए।

‘यो बजेटले आर्थिक अनुशासनलाई पालना गरेको देखिँदैन,’ पौडेलले भने। ‘विगतका सरकार र मन्त्रीहरूको कारणले हाम्रो व्यवस्था र संघीयतामाथि लगातार प्रश्न उठिरहेको छ। उनीहरूले संघीयताको प्रतिबद्धता देखाए पनि वास्तविकतामा त्यसको उल्टो गरिरहेका छन्।’ पौडेलले विगतका सरकारका गतिविधिले सुशासन खल्बलिएको र संघीयतामाथि शंका उत्पन्न भएको बताए। ‘विगतका सरकार र मन्त्रिपरिषद्मा रहेका पात्रहरूको कारणले हाम्रो सुशासनमा अवरोध उत्पन्न भएको छ र संघीयतामाथि प्रश्न उठेको छ। सुधार गर्न कोही तयार छैन,’ उनले भने।

सांसद पौडेलले गृह मन्त्रालयको खर्च वृद्धि र योजनाको छनोटप्रति गम्भीर प्रश्न उठाउँदै यसमा स्पष्टता र पारदर्शिता अभाव रहेको बताए। ‘गृह मन्त्रालयमा प्रहरीको विश्वसनीयता गुम्दै गइरहेको छ। नेतृत्वले भनिरहने कुनै पनि काम नभएको स्थिति छ। चालु खर्चमा १ अर्ब १० करोडको वृद्धि भएको छ तर सार्वजनिक जग्गा र सुशासन कायम गर्ने सवालमा मन्त्रालयले स्पष्टता प्रस्तुत गरेको छैन,’ पौडेलले थपे।

तपाईको प्रतिक्रिया