बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – संघीय संसद् सचिवालयका कर्मचारीहरूले मंगलबार महासचिव पद्म प्रसाद पाण्डेको कार्यकक्षमा घेराउ गर्दै सेवा सुविधाको व्यवस्था गर्न माग गरेका छन्। नयाँ बानेश्वरस्थित महासचिवको कार्यकक्षमा बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना दिएका कर्मचारीहरूले कार्यालय समय बाहेक अतिरिक्त समयमा काम गरेबापत सेवा सुविधा र भत्ता थप्न माग गरेका हुन्।

संघीय संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्बासेका अनुसार, कर्मचारीहरूले गत जेठ २९ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन्। माग पूरा गर्न १ हप्ते अल्टिमेटम दिए पनि पूरा नभएपछि दोस्रो चरणको आन्दोलन थालिएको हो।

कर्मचारीहरूले हातमा कालो पट्टी बाँधेर संसद्मा काम गरिरहेका छन्। माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने जानकारी अध्यक्ष बेल्बासेले दिएका छन्। प्रतिनिधि सभाको बैठक सुरु भएपछि कर्मचारीहरू धर्ना छोडेर नियमित काममा फर्केका छन्।

तपाईको प्रतिक्रिया