बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले प्रतिनिधि सभाको रोष्ट्रममा भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन्। उनले मंगलबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथि छलफलका क्रममा उक्त पुस्तिका च्यातेका हुन्।

लिङ्देनले आफू सामान्यतया कम आक्रोश पोख्ने र छिट्टै शान्त हुने व्यक्तित्व भएको बताए। तर, भौतिक पूर्वाधार मन्त्रालयको बजेटले उनलाई अत्यधिक आक्रोशित बनाएको कारण उनले बजेट पुस्तिका च्यातेको स्पष्ट पारे। अहिले संसद्मा अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटमाथि मन्त्रालयगत छलफल चलिरहेको छ। असार ७ गते बजेट पारित गर्ने तालिका छ। प्रतिपक्षी मात्र होइन, सत्ता पक्षका सांसदहरूले समेत बजेटको आलोचना गरिरहेका छन्।

तपाईको प्रतिक्रिया