बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा सहभागी हुन ब्राजिल प्रस्थान गरेका छन्। बैठक आगामी बुधवार र बिहीवार ब्राजिलको साओ पाउलोमा आयोजना हुँदैछ।

मेयर शाह मेट्रोपोलिस निर्देशक बोर्डका सदस्य हुन्। मेट्रोपोलिस एक अन्तर्राष्ट्रिय संस्था हो, जसले विश्वका ठूला महानगरहरूबीच विश्वव्यापी सहयोग, संवाद, ज्ञान र समाधान आदानप्रदान गर्न तथा सामूहिक आवाज उठाउन स्थापना गरिएको हो। यस बैठकमा शहरी आवास र भवनहरूको विषय मुख्य छलफलको केन्द्रमा हुनेछ। शहरमा आवासका चुनौतीहरूको सामना गर्न र सभ्य तथा सहज आवाससम्बन्धी विषयमा छलफल गरि निर्देशक बोर्डले निष्कर्ष निकाल्नेछ।

बैठकमा मेयर शाहले पनि सम्बोधन गर्ने कार्यक्रम छ। यस बैठकले विभिन्न स्थानीय अनुभव, प्रयास, र परिणामहरू साथै प्रमाणमा आधारित समाधानहरू प्रस्तुत गर्नेछ। शाह यही असार ८ गते स्वदेश फर्किने योजना रहेको छ।

तपाईको प्रतिक्रिया