बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आफूलाई चिनियाँ नागरिक बताउने ३७ वर्षीय शेरब ग्याल्मो सुनसहित पक्राउ परेका छन्। प्रहरीले उनको साथबाट नेपाली नागरिक सोनाम गुरूङको नक्कली नाममा नेपाली नागरिकता सहित फेला पारेको छ।

ग्याल्मोले अवैध रूपमा सुन तस्करी गर्दै आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो अवैध सुनको थप अनुसन्धान गर्दै गर्दा ग्याल्मो पक्राउ परेका हुन्।

सीआईबीको टोलीले उनलाई तिनचुलीबाट ६ किलो सुन, ४८ लाख नेपाली रुपैयाँ, र ३ थान मोबाइलसहित नियन्त्रणमा लिएको हो। गुरूङले अवैध सुन भन्सार चोरी पैठारी गर्दै आएको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ। सीआईबीले थप अनुसन्धान जारी राखेको छ।

यो पनि पढ्नुहोस् : कपनबाट ६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ पक्राउ
तपाईको प्रतिक्रिया