बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं – गायक सुरेश लामाको सुमधुर स्वरमा सजिएको ‘माया बस्यो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा शब्द र संगीत डा. एलिया सोयव र सुरेश लामाको रहेको छ । गीतलाई रिकेश गुरुङले संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा एलिया र सुरेशको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोमा पवन सुस्लिङको छायाँकन र सम्पादन रहेको छ । निर्मल कुमार लामा (बिजी) को निर्देशनमा भिडियो तयार पारिएको हो ।

भिडियो गायक लामाको युट्युब च्यानल ‘सुरेश लामा’ मार्फत सार्वजनिक भएको छ । भिडियोलाई दर्शक-श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ ।

डा. एलिया सोयव चर्चित पाकिस्तानी टिकटकर तथा मोडेल हुन् । टिकटकमा एक करोड १५ लाख फलोअर्स रहेकी एलियाको स्न्यापच्याटमा एक करोड ५० लाख, इन्टाग्राममा ५ लाख, युट्युबमा एक लाख सस्क्राइबर रहेका छन् । उनी गायक सुरेश लामाको टिकटक जोडीको रूपमा नेपाली फ्यानहरूमाझ पनि अति नै लोकप्रिय छिन् ।

‘माया बस्यो’ म्युजिक भिडियोलाई हेरेर, सुनेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेका छन् ।

हेर्नुहोस् भिडियो :-

तपाईको प्रतिक्रिया