बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘चण्ड’ले गोजीमा राजीनामा पत्र बोक्नु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिचान बताएका छन् । सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

गोजीमा राजीनामापत्र बोक्नु रास्वपाको पहिचान नै भएको उनको भनाई छ । ‘त्यो त रविजीले सुरूमै भन्नुहुन्थ्यो नी, हामी त्यस्ता हौं भनेर । त्यो चाहीँ अब आफ्नो पहिचानको निम्ति पनि उहाँहरूलाई भन्नुपर्ने आवश्यकता होला,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तर मैले बुझेकोमा त्यस्तो केही पनि छैन ।’

प्रहरी महानिरीक्षकको परिवर्तनका सन्दर्भमा प्रधानमन्त्री प्रधानमन्त्रीले कुनै परिवर्तन नहुने बताए । उनले भने, ‘मैले अस्तिको दिन मात्रै आईजीपीहरूलाई बोलाएर केही परिवर्तन हुँदैन तपाईंहरू ढुक्कसँग काम गर्नुस् भनिसकेको छु । त्यही गतिमा उहाँहरूले काम गर्नुभएको छ । यो हल्ला मात्रै हो ।’

तपाईको प्रतिक्रिया