बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतको पश्चिम बंगालको दार्जलिङमा रोकिएको रेललाई मालगाडीले ठक्कर दिँदा भएको दुर्घटनामा मृत्यु हुनेहरूको संख्या १५ पुगेको छ। प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई)का अनुसार उक्त दुर्घटनामा १५ जनाको ज्यान गएको छ। यस दुर्घटनामा अन्य ६० जना घाइते भएका छन्।

पीटीआईले दिएको तथ्याङ्क आधिकारिक आँकडाभन्दा धेरै रहेको छ। सिलदहतर्फ जाँदै गरेको कञ्चनजंगा एक्सप्रेसको रेल सोमबार रोकिएको अवस्थामा मालवाहक रेलले ठक्कर दिएको थियो। घटनापछि उद्धार कार्य तीव्र गतिमा अघि बढिरहेको रेलमन्त्री अश्विनी वैष्णव र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बताएका छन्।

 

 

तपाईको प्रतिक्रिया