Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – काठमाडौंको कपनबाट करिब ६ किलो सुन र ४८ लाख रूपैयाँ नगदसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई गएराति सुन र नगदसहित पक्राउ गरेको हो ।

पक्राउ परेका चिनियाँ नागरिकको विवरण सीआईबीले खुलाएको छैन । तर पक्राउ परेका चिनियाँ नागरिक यसअघि पनि सुन तस्करीमा संलग्न रहेर प्रहरीको खोजी सूचीमै रहेका व्यक्ति भएको बताइएको छ ।

बरामद गरिएको सुन अन्दाजी ६ किलो रहेको र नापजाँच बाँकी नै रहेको प्रहरी स्रोतको भनाई छ ।

तपाईको प्रतिक्रिया