बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज (सोमबार) अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ४० पैसा र बिक्रीमा १३४ रुपैयाँ तोकिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ २५ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ ।

यसैगरी, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ १२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५६ पैसा, सिङ्गापुरे डलर एकको खरिद मूल्य ९८ रुपैयाँ ५९ पैसा र बिक्री मूल्य ९९ रुपैयाँ ००४ पैसा, जापानी येन १० को खरिदमा ८ रुपैयाँ ४८ पैसा र बिक्रीमा ८ रुपैयाँ ५१ पैसा पर्नेछ ।

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५५ पैसा र बिक्री दर ३५ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ५९ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ७५ पैसा, कुवेती दिनार एकको खरिदमा ४३४ रुपैयाँ ८५ पैसा र बिक्रीमा ४३६ रुपैयाँ ८१ पैसा र बहराइन दिनार एकको खरिदमा ३५३ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३५५ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।

तपाईको प्रतिक्रिया