बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज मुस्लिम समुदायले बकर इद (इदुल अजहा) पर्व मनाउँदैछन्। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर इद मनाइन्छ। यस पर्वको अवसरमा, बिहानै स्नान गरेर नजिकको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने र शुभकामना आदानप्रदान गर्ने परम्परा रहेको छ।

दरबारमार्गस्थित नेपाली जामे मस्जिद, कश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र इदगाहमा यस दिन विशेष भीड लाग्ने गर्दछ। यस अवसरमा हजका लागि मक्का मदिना जानु शुभ मानिन्छ। जो हजयात्रीहरू मक्का मदिना जान सक्दैनन्, उनीहरू घरमै बकर इद मनाउँछन्।

बकर इद तीन दिनसम्म मनाइन्छ, र हरेक दिन कुर्बानी (बली) दिनुपर्ने परम्परा रहेको छ। नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले यस विधिको जानकारी दिएका छन्। बकर इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

 

 

तपाईको प्रतिक्रिया