सोमबार, आषाढ १०, २०८१
Monday, June 24, 2024

समाचार सुन्नुहोस : 

 

काठमाडौँ – नेपालको पहिलो केबुलकार, मनकामना केबुलकार, करिब ५० दिनका लागि बन्द हुने भएको छ। मनकामना दर्शन प्रालिका अनुसार, असार ३१ गतेदेखि केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति गर्न सेवा रोक्ने निर्णय गरिएको छ। मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार, ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा रूपान्तरण गरिनेछ।

यस स्तरोन्नतिमा मुख्य तारको लठ्ठा समेत फेर्ने योजना छ। स्थापनाको २६ वर्षपछि मुख्य केबुल तारको लठ्ठा परिवर्तन गरिंदै छ। स्तरोन्नति कार्यका लागि अष्ट्रेलियाको डोप्पलमेयर कम्पनीका दक्ष प्राविधिकहरू आउनेछन्। मनकामना केबुलकारमा विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको छ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा जाने दर्शनार्थीलाई सहज बनाउन विसं २०५५ मङ्सिर ८ गतेदेखि केबुलकार सेवा सञ्चालनमा आएको हो। केबुलकार सेवा बन्द भए तापनि चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस)स्थित केबुलकारको प्रवेशद्वार (बटम स्टेसन)मा रहेको रेष्टुरेन्ट सेवा भने निरन्तर सञ्चालनमा रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।

तपाईको प्रतिक्रिया