आइतबार, आषाढ ०९, २०८१
Sunday, June 23, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता भएको र उहाँ क्रान्तिकारीहरूको प्रेरणाको स्रोत भएको बताएका छन् । शहीद रीतबहादुर खड्काको स्मृति दिवसका अवसरमा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले छोटो समयमा राम्रो प्रगति गरेको बताए । ‘रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता हुनुहुन्थ्यो, उहाँले छोटो समयमा राम्रो प्रगति गर्नुभएको थियो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘उहाँ सम्भावनायुक्त नेता हुनुहुन्थ्यो, हरेक जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुहुन्थ्यो । उहाँको शहादतबाटअपूरणीय क्षति भयो ।’शहीद खड्काको जीवनबाट निष्ठा र प्रेरणा लिनुपर्ने बताउँदै प्रधानमन्त्रीले उहाँलाई देश र पार्टीले सधैँ स्मरण गरिरहने बताए ।

तपाईको प्रतिक्रिया