Deneme Bonusu Veren Siteler
आइतबार, चैत्र ०२, २०८१
Sunday, March 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – देशका ७१ जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार, जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गी हाल ७१ जिल्लामा पुगेको हो। किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले उच्च गर्मीसँगै सङ्क्रमण बढेको बताए।

सङ्कलन गरिएको पानीमा लामखुट्टेले फुल पार्न सक्ने भएकाले डेङ्गीको जोखिम बढेको छ। देशभरि १,१३० जनामा सङ्क्रमण पुष्टि भएको छ, जसमा कोशी प्रदेशमा २७२, मधेस प्रदेशमा ३०, बाग्मती प्रदेशमा ३९०, गण्डकी प्रदेशमा १७५, लुम्बिनी प्रदेशमा १३२, कर्णाली प्रदेशमा १६, र सुदूरपश्चिम प्रदेशमा ११५ जनामा सङ्क्रमण देखिएको छ।

काठमाण्डौ उपत्यकामा काठमाण्डौमा ११४, भक्तपुरमा २७ र ललितपुरमा १८ जनामा सङ्क्रमण पुष्टि भएको छ। डेङ्गीको लक्षणमा उच्च ज्वरो, टाउको र जोर्नी दुख्ने लगायतका समस्या देखिन्छन्। बच्नका लागि झुल टाँगेर सुत्न, लामो बाहुला भएको लुगा लगाउन, झ्याल-ढोकामा जाली हाल्न, र पानी जम्न नदिन सुझाव दिइएको छ।

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया