मंगलबार, आषाढ ०४, २०८१
Tuesday, June 18, 2024

काठमाडौं – अब नागरिकले आफ्ना समस्या सिधै गृहमन्त्रीलाई सुनाउन पाउने भएका छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गृहको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै त्यसबारे जानकारी गराइएको हो ।

अब गृह मन्त्रालयको वेबसाइटमा वा जिल्ला प्रशासन कार्यालयहरुको वेभसाइटमा राखिएको क्यूआर कोडमार्फत सिधै गृहमन्त्रीलाई आफ्ना समस्या राख्न पाइने भएको हो । वेबसाइटमा राखिएको क्यूआर कोड स्क्यान गर्दा आउने ‘गृहमन्त्रीलाई भन्नुस्’ फारममार्फत गृह मन्त्रालय अन्तर्गतका निकायले प्रभावकारी रुपमा काम गरेनन् भने सोझै गृहमन्त्रीले थाहा पाउनेगरी गुनासो राख्न सकिने गृहमन्त्रीले बताएका छन् ।

त्यस्तै नागरिकका लागि सिंहदरबार प्रवेश सहज गर्न आज (जेठ ३२ गते) बाटै (इ-गेट) प्रणाली आरम्भ पनि लामिछानेले जानकारी गराए । अब गृह मन्त्रालयको वेबसाइटबाट घरबाटै सिंहदरबार प्रवेशको पास लिन सकिनेछ ।

‘अब सिंहदरबार प्रवेश गर्न कसैलाई चिन्न पर्दैन’
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सिंहदरबार प्रवेश आमनागरिकका लागि सहज बनाउँदै लगिएको बताएका छन् । उनले सिंहदरबार प्रवेश गर्न पहुँचवाला वा आफ्नो मान्छे भए मात्र पाउने व्यवस्था अन्त्य गर्न लागिएको बताएका छन् ।

१०० दिनको उपलब्धीबारे शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिँदै उनले यसका लागि काम भइरहेको बताए । ‘सिंहदबार प्रवेश गर्न अब कसैलाई चिन्नु पर्दैन । आफ्नो मान्छेभित्र भए फोन गरिर्दिएर काम गर्न पाउने, त्यसलाई अन्त्य गर्ने प्रयास हो र अहिले प्राविधिक रूपमा टेस्टमा नै छ’, उनले भने ।

उनले डिजिटल सेवा दिन लागिएको भन्दै केही दिनभित्रै सेवा सुरु गरिने जानकारी दिए । ‘यो लगइन गर्ने, पास गर्ने सामन्य प्रक्रिया हो । अब सिंहदरबार हर नागरिकका लागि खुला छ । कसैले रेकमेन्ड गर्नु पर्दैन, काम भएका सबै आम मान्छेका लागि सुरक्षित ढंगले खुला छ’, उनले भने ।

तपाईको प्रतिक्रिया