मंगलबार, आषाढ ०४, २०८१
Tuesday, June 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटाले आफ्नो सांसद पद गुमाएका छन्। शुक्रबारको प्रदेश सभा बैठकमा सभामुख कृष्ण धितालले यसबारेमा पठाइएको पत्र पढेर सुनाए।

माओवादी केन्द्र संसदीय दलले पठाएको जानकारीअनुसार, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हस्ताक्षरयुक्त आधिकारिक पत्रमा देवकोटा माओवादी केन्द्रकै चुनाव चिह्नमा उम्मेदवार भइ विजयी भएको र उनलाई नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन २०७३ तथा गण्डकी प्रदेश सभा नियमावली २०८० अनुसार निस्कासन गरिएको उल्लेख छ।

निस्कासन गर्नु अघि माओवादी केन्द्रले देवकोटालाई स्पष्टीकरण मागेको थियो।

तपाईको प्रतिक्रिया