मंगलबार, आषाढ ०४, २०८१
Tuesday, June 18, 2024

काठमाडौं – झापाको शिवसताक्षी नगरपालिका वडा नं ३ भोटेपुलमा एकै घरका दुई बालकसहित तीनजना मृत फेला परेका छन् ।

सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा , उनका छोराहरु ९ वर्षका बिशाल बेस्रा र ३० महिनाका आयुष बेस्रा मृत फेला परेका हुन् । अन्जली झुन्डिएको अबस्थामा फेला परेकी छन् ।

आफ्ना दुई छोरालाई विष सेवन गराई हत्या गरेपछि उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । सुजन बेस्रा वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया