मंगलबार, आषाढ ०४, २०८१
Tuesday, June 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएको आरोपमा कारबाही गरेको छ। माओवादीले प्रदेश सभा सचिवालयलाई जानकारी गराउँदै देवकोटामाथि ह्विप उल्लंघन गरेको आरोप लगाएको छ। माओवादी गण्डकी संसदीय दलले पाण्डेलाई विश्वास मत नदिन ह्विप जारी गरे पनि देवकोटाले उल्लंघन गरेका थिए।

नेपाल समाजवादी पार्टीका नेता देवकोटा २०७९ को चुनावमा माओवादीको चुनाव चिह्नबाट निर्वाचित भए पनि आफू समाजवादी पार्टीको सांसद रहेको बताएका छन्। समाजवादी पार्टीले निर्वाचन आयोगले देवकोटालाई आफ्नो सांसदको प्रमाण पत्र दिएको भन्दै माओवादीले ह्विप लगाउन नसक्ने दाबी गरेको छ।

मुख्यमन्त्री पाण्डेले कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, स्वतन्त्र सांसद दीपक मनाङे, र देवकोटाको समर्थनमा विश्वास मत पाएका थिए। त्यसपछि पाण्डेले देवकोटालाई ऊर्जामन्त्री नियुक्त गरेका छन्।

 

 

तपाईको प्रतिक्रिया