Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) का महानिर्देशक गिलबर्ट एफ हुंग्बोबीच स्वीट्जरल्याण्डको जेनेभामा भेटवार्ता भएको छ। ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन स्वीट्जरल्याण्डको जेनेभा गएका राष्ट्रपति पौडेलले महानिर्देशक हुंग्बोसँग भेटेका हुन्।

राष्ट्रपति पौडेलले ILO को मर्यादित काम र श्रम अधिकारको क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्दै आप्रवासी कामदारहरूको न्यूनतम तलब र सामाजिक सुरक्षाका लागि ILO को महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरे।

महानिर्देशक हुंग्बोले राष्ट्रपति पौडेलको राजनीतिक जीवन र सामाजिक न्यायप्रतिको आस्थाको प्रशंसा गरे। ILO ले रोजगारी सृजना, सामाजिक सुरक्षा, र मर्यादित कामका लागि काम गरिरहेको जानकारी उनले दिए।

तपाईको प्रतिक्रिया