Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। आज बिहिवारदेखि असार २ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरिएको हो।

प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले गर्मी बढिरहेको र अझै केही दिन बढ्नसक्ने पूर्वानुमान तथा बालबालिकाको स्वास्थ्यलाई दृष्टिगत गरी तीन दिन गर्मी बिदा थप गरिएको जानकारी दिए। बिहान १०:३० बजेभित्रै पठनपाठन गराउन निर्देशन दिइए पनि विद्यार्थी मुर्छित भएपछि थप बिदा दिने निर्णय भएको हो।

महानगरको शिक्षा समितिले जेठ १६-१८ गते गर्मी बिदा दिएको थियो। महानगरमा ९२ सामुदायिक र १३८ निजी विद्यालय छन्। बुधबार वीरगञ्जको अधिकतम तापक्रम ३८.७ डिग्री सेल्सियस पुगेको थियो भने अहिले ३८ डिग्री मापन गरिएको छ।मौसम विभागले मध्य तथा पश्चिमी तराईमा अत्यधिक गर्मीको सम्भावना भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

 

 

तपाईको प्रतिक्रिया