Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – साताको चौथो दिन (बुधबार) पनि नेप्से परिसूचकमा वृद्धि भएको छ। बुधबार ६.३७ अंकले बढेर बजार २१२१.६२ बिन्दुमा पुगेको छ। यस दिन नेप्से ०.३० प्रतिशतले उकालो लागेको छ। समूहगत सवइन्डेक्सहरूमा होटल तथा पर्यटन, हाइड्रो, ननलाइफ, र व्यापार समूहमा गिरावट देखिएको भए पनि अन्य सवइन्डेक्सहरूमा वृद्धि भएको छ। सबैभन्दा धेरै फाइनान्स सवइन्डेक्स १.०७ प्रतिशतले बढेको छ।

नेप्सेमा कारोबार भएका २४७ कम्पनीहरूमध्ये ११९ कम्पनीको मूल्य बढेको छ भने ११५ कम्पनीको मूल्य घटेको छ। समृद्धि फाइनान्स र मिड सोलु हाइड्रोको मूल्यमा सकारात्मक सर्किट लाग्दा साधना लघुवित्त र ग्रिन लाइफ हाइड्रोको मूल्य ९.९९ प्रतिशतले बढेको छ। नेप्से निरन्तर उकालो लाग्दा कारोबार रकम पनि उत्साहजनक रूपमा बढेको छ। नेप्सेमा केही हप्ताकै उच्च कारोबार भएको छ। बुधबार एक करोड २९ लाख ५० हजार ४०७ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम पाँच अर्ब ८९ करोड ४० लाख रुपैयाँभन्दा बढी पुगेको छ।

यसअघिका दिनमा जस्तै बुधबार पनि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लि. कारोबारका आधारमा अग्रस्थानमा रह्यो। एनआरएनको तीन लाख ९६ हजार १३४ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम २७ करोड ६३ लाख ६० हजार रुपैयाँभन्दा बढी पुगेको छ।

तपाईको प्रतिक्रिया