Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको प्रलोभन देखाएर रु १५ करोड ठगी गर्ने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–८ का पवन पन्त, भरतपुर महानगरपालिका–१८, चितवनका राजकुमार भट्ट र नवीन विक छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलनमा उनीहरूलाई सार्वजनिक गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले दिएको जानकारीअनुसार, पक्राउ परेका व्यक्तिहरूले तीन/चार वर्षयता कम्तीमा पनि तीन सय जनाभन्दा बढीलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको पाइएको छ। अनुसन्धानका क्रममा ठगी गर्ने गिरोहका मुख्य नाइके राजकुमार भट्ट भएको देखिएको छ भने पवन पन्त र नवीन विक सहायक ठग रहेको पाइएको छ। यसै ठगीमा संलग्न केही व्यक्ति हाल पूर्पक्षका लागि कारागारमा रहेको पनि प्रहरीले बताएको छ।

पक्राउ परेका व्यक्तिहरूले तीन सय जनाभन्दा बढीबाट रु पाँच लाखदेखि रु १० लाखका दरले रु १५ करोडभन्दा बढी रकम ठगी गरेको खुलासा भएको छ। उनीहरूले फेसबुक म्यासेन्जर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशमा लैजाने विज्ञापन गरी जागिरको प्रलोभनमा पारेर रकम ठगी गर्दै आएको पाइएको छ।

तपाईको प्रतिक्रिया