Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

गायिका ज्योती मगरले फुर्सदिलाे भएका कलाकारहरुले मात्रै लोकदोहोरी संरक्षणको ठेक्का लिँदै आएको बताएकी छिन् । गायिक मगरले मंगलवार आफ्नो सामाजिक सञ्जाल (फेसबुक) मा एक स्टाटस मार्फत यस्तो लेखेकी हुन् ।

उनले सार्वजनिक स्थलमा केटी जिस्क्याउने प्रसङ्गलाई जोडेर राम्रो कलाकार विदेश तथा स्वदेशको महोत्सवमा भ्याइनभ्याई भएको बताएकी छिन् । राम्रो कलाकार विभिन्न कार्यक्रममा सहभागी भइराख्दा नराम्रा कलाकार मात्रै लोक दोहरीको ठेक्का लिँदै आएको उनले उल्लेख गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘अहिले दोहोरीको क्षेत्रमा कला लेभरीपुर्ण कलाकारहरु डिजिटल मार्केटदेखि मेला महोत्सव, देश विदेशतिर व्यस्त छन् र कलाकार जस्तोहरु चाहिँ फुर्सदिला छन् । लोक दोहोरीको ठेकेदार हामी हौँ । हामी कसैलाई छोड्दैनौं भन्दै भुक्दै छन् ।’

उनले लोक दोहोरीलाई केटी जिस्काउने प्रसङ्गसँग जोड्दै एक हुल केटीलाई जिस्काउँदा नराम्रोले मात्रै प्रतिकार गर्ने गरेको बताएकी छिन् । ‘एक हूल केटीहरु बाटोमा हिँडिरहेका बेला ‘कता हो सोल्टिनी चिटिक्क परेर’ भनेर केटाहरुले यसो जिस्काउँदा त्यो ग्रुपका रुपैली, गुणी, ज्ञानी र लक्षिणी केटीले जिस्काइलाई वास्ता नगरेर आफ्नो बाटो आफ्नो गन्तव्य मा लाग्छन,’ उनले लेखेकी छिन्, ‘ त्यो ग्रुपको सबैभन्दा नराम्री, अबगुनी, अज्ञानी केटी चाहिँ फरक्क फर्केर ‘थुक्क तेरो घर मा दिदी बहिनी छैनन’ भन्दै गाली गलौज गर्छन् ।

उनको सो पोष्टमा सयौंले कमेन्ट गरेका छन् । केहीले ज्योतीलाई गाली गरेका छन् भने अधिकांशले साथ पनि दिएका छन् ।

तपाईको प्रतिक्रिया