Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रतिनिधिसभाका सांसदहरूले कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिएपछि फसेका खच्चडहरूको उद्धारदेखि तराई–मधेसमा बढेको खानेपानीको समस्यासम्मका विषयमा चर्चा गरेका छन्। सभाको आजको बैठकमा शून्य समयमा सांसदहरूले मधेस प्रदेशमा एक साताअघि आएको हावाहुरीले पुर्‍याएको क्षतिको राहत, तिब्बतमा पक्राउ परेका नेपालीको उद्धार, जलवायु परिवर्तनले तापक्रम वृद्धिका विषयमा सरकारको ध्यानाकर्षण गराए।

सांसद प्रेम सुवालले प्रधानमन्त्री र मन्त्रीहरूको विदेश भ्रमणका क्रममा केके विषयमा छलफल हुने हो भन्ने जानकारी सदनलाई गराउन माग गरे। सांसद वासुदेव घिमिरेले जलवायु परिवर्तनका कारण नेपालका तराई क्षेत्रमा अत्यधिक तापक्रम बढेको भन्दै वृक्षरोपण र लालतलैया संरक्षणको अभियानमा सरकारको ध्यानाकर्षण गराए।

सांसद विन्ध्वासिनी कंसाकारले समाजमा मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने आवश्यकतामा जोड दिंदै छुट्टै ‘हटलाइन’ सेवाको सुरुआत गर्न सरकारको ध्यानाकर्षण गराइन्। सांसद विना देवीले मधेस प्रदेश कृषिका लागि महत्वपूर्ण भए पनि पानीको अभावले बाली लगाउन समस्या भएकोले सिँचाइको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन्। सांसद विनिता कठायतले मुगुको उत्तरी भेगका करिब १३०० घरधुरीले खानेपानीको समस्या भोग्नुपरेको भन्दै सो स्थानमा खानेपानीको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।

सांसद विमला सुवेदीले नुवाकोटको सडक निर्माणलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराइन्। सांसद पुष्पबहादुर शाहले अछाममा कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको लट्ठा चुँडिएर फसेका १४ खच्चडमध्ये १२ खच्चडको उद्धार गरिएको र दुई मरेको उल्लेख गर्दै अहिले उक्त पुलमा आवतजावत बन्द भएको बताए। साथै उनले स्थानीयको दैनिकीमा बाधा परेकाले यथाशीघ्र पुल सञ्चालनमा ल्याउन र अन्य पुलहरूको समयमै मर्मत गर्न आग्रह गरे। सांसद पूर्णबहादुर घर्तीमगरले बागलुङमा काम सम्पन्न नहुँदै बाटो जीर्ण भएको र ठेकेदारको लापरबाही रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

सांसद प्रतिक्षा तिवारीले काठमाडौँमा गरिब हटाउने होइन गरिबी हटाउने माग गरिन्। सांसद प्रदीप पौडेलले सरकारी कार्यालयमा राम्रो व्यवहार नहुने र ढिलासुस्ती हुने गरेको उल्लेख गर्दै युवामा बढेको निराशा हटाउन सेवाग्राहीसँग राम्रो र उचित व्यवहार गर्न आग्रह गरे। सांसदद्वय प्रभु साह र प्रभु हजाराले एक साताअघि आएको हावाहुरीले बारा र पर्सामा घर र बालीनालीमा ठूलो क्षति पुर्‍याएकाले पीडितलाई तत्काल राहत र क्षतिपूर्ति दिलाउन माग गरे।

तपाईको प्रतिक्रिया