Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएका छन्।

पाण्डेले फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिएका सांसद फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’लाई मन्त्रिमण्डलमा समावेश गर्ने तयारी गरेका छन्। देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सुम्पिने तय भएको छ। मनाङे यसपालि छैटौंपटक मन्त्री बन्नेछन्। मुख्यमन्त्रीको सचिवालयका अनुसार, बिहान ११ बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण समारोह आयोजना गरिनेछ।

माओवादी केन्द्रको चुनाव चिह्न हँसिया–हतौडाबाट विजयी भए पनि नेपाल समाजवादी पार्टीका सांसद देवकोटाले फ्लोर क्रस गर्दै पाण्डेलाई विश्वासको मत दिएका थिए। यो कदमपछि उनले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाउन लागेका हुन्। यद्यपि, देवकोटाले आफू माओवादी केन्द्रको सांसद नभई अर्कै पार्टीको भएको दाबी गरिरहेका छन्, र माओवादी केन्द्रले उनलाई फ्लोर क्रस गरेको आरोपमा कारबाही गर्ने चेतावनी दिएको छ। मनाङे यसअघि पनि पाण्डे नेतृत्वको सरकारमा मन्त्री रहेका थिए।

 

 

 

तपाईको प्रतिक्रिया