Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को संयुक्त छनोटमा नेपालले आज यमनसँग खेल्दैछ । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति ११ः४५ देखि साउदी अरेबियाको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा सुरु हुने भएको हो ।

छनोट चरणको होम म्याचमा यमनसँग नेपाल २-० ले पराजित भएको थियो । विश्वकप छनोटमा नेपालले पाँच खेल सकिँदा १८ गोल खाएपनि एक गोल फर्काउन सकेको छैन । नेपाल दोस्रो चरणमा पहिलो जितको खोजीमा छ ।

यूएईसँग नेपाल दुवै खेलमा समान ४-० ले पराजित भयो । नेपाल बहराइसँगको पहिलो खेलमा ५-० र दोस्रो खेलमा ३-० ले स्तब्ध भएको थियो । विश्वकप छनोटअन्तर्गत दोस्रो चरणमा नेपाल समूह ‘एच’को पुछारमा छ ।

नेपाली फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूका लागि आज १००औँ खेल हुनेछ । योसँगै उनी नेपालका लागि सय अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो खेलाडी बन्नेछन् ।

तपाईको प्रतिक्रिया