Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख बलर सन्दीप लामिछाने जारी आइसिसी टी-२० विश्वकपको दुई खेलका लागि वेस्ट इण्डिज पुगेका छन् । उनले सामाजिक सञ्जालमार्फत विश्वकपअन्तर्गतको दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेलका लागि आफू वेस्ट इण्डिज पुगेको जनाएका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले पनि आज बिहान विज्ञप्तिमार्फत् सन्दीपले विश्वकपको दुई खेलमा उपस्थित हुने जनाएको छ । वेस्ट इण्डिज पुगेको जनाउँदै उनले आफ्नो सपना र सबै क्रिकेट प्रेमीको सपना पूरा गर्न तत्पर रहेको जनाएका छन् ।

‘सर्वप्रथम म नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिन चाहन्छु,’ सन्दीपले भनेका छन्,‘ सबै कुरालाई पन्छाएर, म अब वेस्ट इण्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध छु । मेरो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु ।’

उनले आफ्नो भिसा र क्यानका पदाधिकारीको नाम जोडेर भएका झुटा प्रचारको पछि नलाग्न अनुरोध गरेका छन् । ‘कृपया मेरो भिसासम्बन्धी सबै झुटा प्रचारको पछि नलाग्नुहोस्, जुन मानिसहरूले क्यान र नेपाल क्रिकेटको छविलाई कलंकित गर्न प्रयोग गरिरहेका छन् । हाम्रा सबै क्रिकेट फ्यानहरू र जसले मेरो लागि प्रार्थना गरे, म सधैं तपाईंको आशीर्वादको लागि आभारी रहनेछु,’ सन्दीपले लेखेका छ ।

उनले आइसिसी र सबै सम्बन्धित आधिकारिक नेटवर्कसँगको समन्वयले टी-२० विश्वकपमा भाग लिन सम्भव भएको उल्लेख गर्दै क्यानका पदाधिकारीलाई समेत धन्यवाद दिएका छन् । जारी विश्वकपमा नेपालले पहिलो खेल खेलिसकेको छ ।

यो पनि : सन्दीप लामिछानेले वेष्टइण्डिजमा विश्वकप खेल्ने

तपाईको प्रतिक्रिया