समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौँमा नक्कली नोटसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार राति, काठमाडौँ प्रहरी परिसरका अधिकारीहरूले कलंकीबाट उनीहरूलाई नियन्त्रणमा लिएका थिए।
प्रहरीका अनुसार तारा देवी डंगोलको साथबाट ५ लाख १४ हजार रुपैयाँबराबरको नक्कली नोट बरामद गरिएको छ। सोधपुछको क्रममा निमिला श्रेष्ठ पनि यस प्रकरणमा संलग्न रहेको पाइएपछि उनलाई पनि पक्राउ गरिएको छ। यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।