Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुईदिने भारत भ्रमणमा प्रस्थान गरेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री प्रचण्डको अनुपस्थितिमा महासेठलाई यो जिम्मेवारी तोकेका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार, प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सम्पन्न गर्न संविधानबमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीकै सिफारिशमा महासेठलाई जिम्मेवारी दिएका हुन्।

प्रधानमन्त्री दाहाल भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आइतबार दिउँसो नयाँदिल्ली प्रस्थान गरेका छन् । प्रधानमन्त्रीको टोली भोलि सोमबार स्वदेश फर्कनेछ।

तपाईको प्रतिक्रिया