Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानमा आज किरात राई समुदायको महत्वपूर्ण चाड उभौली साकेला मनाईने भएको छ ।

जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यतामा आज जून ९ तारिख आईतबार टोकियोको साकाई रिङ्काई पार्कमा उभौली साकेला मनाउन लागिएको किरात यायोख्खा जापानका केन्द्रीय महासचिव बिमन किरातीले जानकारी दिएका छन् ।

जापानमा रहेका किरात राई समुदायले विगत देखिनै साकेला सिली पर्व मनाउँदै आएका छन् । यस वर्ष पनि जापानको विभिन्न सहरहरूमा साकेला सिली नाचेर उभौली साकेला मनाईसकिएको छ । जसअनुसार जापानका क्षेत्रीय समितिहरू फुकुओका, नागोया र गुन्माकेनको मायाबासीमा उभौली साकेला मनाई सकिएको छ भने अब टोकियोमा किराया टोकियो क्षेत्रीय कमिटी र किराया केन्द्रीय कार्यसमिति जापानको संयुक्त आयोजनामा साकाई रिङ्काई पार्कमा यस बर्षको अन्तिम उभौली मनाईने भएको हो ।

बिहान ११ बजेबाट सुरु भई साँझ ५ बजेसम्म चल्ने सो कार्यक्रममा जापानभरिबाट ठूलो संख्याका किरात राई समुदायको उपस्थिति रहने अपेक्षा गरिएको छ ।***

तपाईको प्रतिक्रिया