Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – अपोलो ८ का अन्तरिक्षयात्री बिल एन्डर्सको अमेरिकाको वासिङ्टन राज्य बाहिरको समुद्रमा भएको एक सानो आकारको विमान दुर्घटनामा मृत्यु भएको छ। उनी ९० वर्षका थिए ।

एन्डर्सले बाह्य अन्तरिक्षमा एउटा निकै चर्चित तस्बिर खिचेका थिए । उनको शव शुक्रवार प्राप्त भएको एन्डर्सका छोरा ग्रेगले पुष्टि गरेका छन् । उनको परिवारद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ- ‘परिवार विक्षिप्त अवस्थामा छ । उनी महान् पाइटल थिए । उनको अभाव खड्किनेछ ।’

अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा सम्बन्धी निकाय एनटिएसबीका अनुसार एन्डर्स टि-३४ का रूपमा समेत चिनिने एक बिचक्राफ्ट ए ए ४५ विमानमा सवार थिए । अपोलो ८ मिशनमा एन्डर्स नुनार मोजुल पाइलट थिए जसले प्रसिद्ध ‘अर्थराइज’ अर्थात् पृथ्वी उदयको तस्बिर खिचेका थिए ।

उक्त निकायका अनुसार उक्त विमान जोनेस टापुको तटभन्दा झण्डै २५ मिटर बाहिर दुर्घटनाग्रस्त भएको थियो । एकजना प्रत्यक्षदर्शी फिलिप पिअर्सनल सिअटलमा किङ-टिभीसँग कुरा गर्दै उक्त विमान समस्यामा परेजस्तो देखिएको र उल्टिएको बताए । ‘मैले आफ्नो आँखा अगाडि के देखिरहेको थिएँ भनेर विश्वास गर्न सकिनँ,’ उनले स्थानीय सञ्चारमाध्यमलाई भने, ‘यो ठ्याक्कै कुनै चलचित्र वा विशेष प्रभाव जस्तो देखिन्थ्यो। ठूलो विस्फोटन र आगो र सबथोक ।’

विमान दुर्घटनाको जस्तो देखिएको भिडिओ फुटेजमा पानीको सतहमा खस्नुअघि र भग्नावशेषमा परिणत हुनुअघि अन्तिम सेकेन्डमा उचाइ लिने प्रत्यत्न गरेको देखिन्छ । यद्यपि बीबीसी न्यूजले त्यसको पुष्टि गरेको छैन । उक्त तस्बिर पृथ्वीको अन्तरिक्षबाट खिचिएको सबैभन्दा स्मरणीय र प्रेरणादायी तस्बिरमध्येमा गरिन्छ ।

सन् १९६८ को सो मिशनका बेला क्रिसमसको पूर्वसन्ध्यामा उक्त तस्बिर खिचिएको थियो । अपोलो ८ अन्तरिक्षयात्रीहरू सहित पृथ्वी छाड्ने र चन्द्रमाको कक्षमा पुग्ने पहिलो उडान थियो । अर्थराइज तस्बिमा हाम्रो ग्रह बलौटे चन्द्र सतहको क्षितिजबाट उदाउँदै गरिएको देखिन्छ ।

एन्डर्सले पछि उक्त तस्बिरलाई अन्तरिक्ष कार्यक्रमका लागि आफ्नो सबैभन्दा उल्लेख्य योगदानका रूपमा उल्लेख गरेका थिए । उक्त तस्बिरले विश्वव्यापी वातावरण आन्दोलनका लागि उत्प्रेरकको रूपमा काम गरेको र पृथ्वी दिवस सुरु गर्न प्रेरित गरेको रूपमा हेरिन्छ । पृथ्वी दिवस वार्षिक रूपमा पृथ्वीको रेखदेखको लागि सचेतना र अभियान प्रवर्द्धन गर्ने उद्देश्यका साथ मनाइन्छ ।

उक्त तस्बिर लिँदाको क्षणबारे एन्डर्सले भनेका थिए, ‘हामी त्यतिपरबाट चन्द्रमा खोज्नका लागि आयौँ र हामीले थाहा पाएको सबैभन्दा महत्त्वपूर्ण कुरा पृथ्वी थियो ।’

अन्तरिक्षयात्री, राजदूत पनि
चन्द्रमामा २० जुलाई १९६९ मा पहिलो सफल आरोहण गरेको अपोलो ११ मिशनमा समेत उनी ब्याकअप पाइलटका रूपमा थिए । सन् १९६९ मा उक्त अन्तरिक्ष कार्यक्रमबाट सेवा निर्वित्त भएपछि एन्डर्सले एरोस्पेस क्षेत्रमा कैयौँ दशक बिताए । सन् १९७० को दशकमा उनी नर्वेका लागि अमेरिकी राजदूतका रूपमा एक वर्ष बिताएका थिए । तर पनि उनी अपोलो ८ मिशन र उनले अन्तरिक्षबाट लिएको प्रतिष्ठित तस्बिरकै कारण सबैभन्दा राम्रोसँग चिनिन्छन् । बीबीसी

तपाईको प्रतिक्रिया