Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानको जन्मदर घटेर चिन्ता बढिरहँदा सरकारले आफ्नै डेटिङ एप ल्याएको छ । राजधानी टोकियोमा स्थानीय अधिकारीहरूले सरकारी डेटिङ एप लन्च गरेका हुन् ।

यो एप अहिले शुरुआती परीक्षणको चरणमा रहेको सीएनएनले उल्लेख गरेको छ । समाचारमा जनाइएअनुसार यो वर्षको उत्तरार्द्धदेखि यसलाई पूर्ण रूपमा चलाइनेछ । एपलाई बिहेका लागि ‘बर-बधू’को खोज्ने पहिलो चरण बताउँदै एपको वेबसाइटमा यसलाई चलाउन अनुरोध गरिएको छ ।

एआईले नै सुहाउँदो जोडा खोजिदिने यो एप टोकियो महानगर सरकारले ल्याएको हो । पार्टनरमा आफूले खोजेको गुण र र चाहेको गुणबारे जानकारी दिन प्रयोगकर्ताहरूले एउटा ‘डाइग्नोष्टिक’ टेष्ट दिनु पर्नेछ । सोको आधारमा एआईले सुहाउँदो जोडी खोजिदिने बताइएको छ ।

यो एपले अमेरिकी खर्बपति व्यापारी एलन मस्कको पनि ध्यान खिचेको छ । जापान सरकारले घट्दो जन्मदरको समस्या समाधान गर्नु पर्ने महत्वलाई बुझेकोमा माइक्रो ब्लगिङ वेबसाइट एक्स (पहिलाको ट्विटर)मा एउटा ट्विट गर्दै उनले सरकारको तर्फबाट यस्तो पहल भएकोमा खुसी व्यक्त गरेका थिए । नयाँ ढंगले सोचेर कदम नचालिएमा जापान लोप हुने चेतावनी मस्कले दिँदै आएका छन् ।

यो एप चलाउने प्रयोगकर्ता एकल, विवाह गर्ने इच्छा भएका १८ वर्ष माथिको व्यक्ति हुनु पर्नेछ । टोकियोमा काम गर्ने वा बस्नेले मात्रै यो एप चलाउन पाउनेछन् । शुक्रबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार जापानमा गएको वर्ष जम्मा ७ लाख २७ हजार २७७ जना मात्रै जन्मिएका छन् । यो भनेको अहिलेसम्मकै थोरै हो ।

तपाईको प्रतिक्रिया