Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – भारतीय जनता पार्टी (भाजपा) की लोक सभा सांसद कंगना रनावतलाई थप्पड हान्ने सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्स (सिआइएसएफ) की सुरक्षाकर्मी निलम्बनमा परेकी छन् ।

सुरक्षाकर्मी कुलविन्दर कौरले चण्डीगढ विमानस्थलमा रनावतमाथि बिहीबार थप्पड हानेकी थिइन् । हिमाचल प्रदेशको मन्दी क्षेत्रबाट लोक सभा सदस्य निर्वाचित भएकी कंगना नयाँ दिल्ली जान विमानस्थल पुगेकी थिइन् ।

त्यही बेला सुरक्षाकर्मी कौरले रनावतमाथि थप्पड हानेको आरोप छ। सांसदमाथि थप्पड हानेको आरोपमा कौरलाई निलम्बनसमेत गरिएको छ ।

उनीविरूद्ध एफआइआरपनि दर्ता भएको बताइएको छ । नयाँ दिल्लीमा भएको किसान आन्दोलन हुँदा रनावतले किसानको अपमान गरेको भन्दै सुरक्षाकर्मी कौरले थप्पड हानेको बताइएको छ ।

तपाईको प्रतिक्रिया