Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि आक्रमण भएको छ । बीबीसीकाअनुसार उनीमाथि कोपेनहेगनको बीचसडकमै आक्रमण भएको हो ।

शहरको मध्य भागमा रहेको चोकमा एक व्यक्तिले प्रधानमन्त्रीलाई कुटपिट गरेका थिए । डेनमार्कका प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै घटनाको विवरण दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘शुक्रबार कोपेनहेगनको कल्चरभेटमा प्रधानमन्त्री मेटे फ्रेडरिकसनलाई एक व्यक्तिले आक्रमण गरेको थियो ।’

उनको अवस्था भने सामान्य छ । आक्रमणबाट प्रधानमन्त्री स्तब्ध भएको समाचारमा उल्लेख छ । पक्राउ परेका आक्रमणकारीमाथि सोधपुछ भइरहेको तर, आक्रमणको कारण खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया