Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौं – अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघमा खटिएका नेपाली सेनाका एक महासेनानीलाई जंगीअड्डाले नेपाल फिर्ता बोलाएर सैनिक हिरासतमा राखको छ । जंगीअड्डास्थित सैनिक प्रहरीले महासेनानी धिरेन्द्र कुमार मल्ललाई सैनिक हिरासतमा राखेर छानबिन थालेको हो ।

नेपाली सैनिकबाट प्रतिनिधिका रुपमा न्यूयोर्कस्थित राष्ट्रसंघमा खटिएका मल्लबारे कोर्ट अफ इन्क्वायरी गठन गरेर हिरासतमा राखिएको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए । उनले भने, ‘उनको बारेमा केही उजुरी परेकाले हामीले फिर्ता बोलाएर छानबिन थालेका हौं । अहिले यो कारण नै भन्ने खुलेको छैन । हामी छिट्टै टुङ्गोमा पुग्छौँ ।’

मल्ल चार महिनाअघि मात्रै सैनिक सल्लाहकारका रुपमा न्यूयोर्क पुगेका थिए । स्रोतका अनुसार उनको नागरिकता, शैक्षिक प्रमाणपत्र लगायतमा कैफियत देखिएपछि नेपाल झिकाएर अनुसन्धान थालिएको हो ।

प्रवक्ता केसीले भने अहिले विभिन्न विषयमा मल्लमाथि अनुसन्धान भइरहेकाले त्यो सकिएपछि मात्रै आधिकारिकरुपमा सार्वजनिक गर्ने बताए । आफ्ना सैनिक अधिकारीहरुमाथि प्रश्न उठेमा नेपाली सेनाको सैनिक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्ने गर्छ र त्यसलाई सैनिक अदालतमा पेश गरिन्छ । सैनिक अदालतमा बहस भएपछि दोषी भएको या निर्दोष रहेको फैसला हुन्छ ।

तपाईको प्रतिक्रिया