Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

नागोया – यही जून महिनाको ८ र ९ मा जापानको नागोया सहरमा दुई दिवसीय नेपाल फेस्टिबल हुने भएको छ । फेस्टिबललाई अहिलेसम्मकै उत्कृष्ट बनाउन तैयारीलाई तिब्र पारिएको आयोजक स्रोतले जनाएको छ । जसअनुसार फेस्टिबलको सबै तयारी पूरा भएको जनाईएको छ ।

फेस्टिबलमा नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदी, आइची प्रिफेक्चरका गभर्नर ओमुरा हिडेआकी, नागोया सिटीका मेयर खावामुरा ताकाशी लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहने बताईएको छ । फेस्टिबलमा पहिलो पटक प्रोफेशनल जापानी महिलाहरुको नेपाली साँगीतिक प्रस्तुती रहने छ भने नेपाली कलाकर्मीहरुले नेपालको कला, सँस्कृति र पहिचान झल्कने साँगीतिक प्रस्तुती प्रस्तुत गर्ने भएका छन् ।

फेस्टिबल एनआरएनए जापान, नागोया क्षेत्रीय समितिको आयोजना र नेपाल आदिवासी जनजाति महासंघ जापान तथा नागोयामा क्रियाशील सामाजिक संघसंस्थाहरूको सहआयोजनामा हुन लागेको हो । यसैगरी फेस्टिबलमा नेपाली राजदूतावास, जाईका लगायतका निकायको पनि सहयोग रहने जनाईएको छ ।

एनआरएनए नागोयाका उपाध्यक्ष एवं तेस्रो नेपाल फेस्टिबल मूल आयोजक समितिका संयोजक देव घिमिरेले फेस्टिबललाई हालसम्मकै उत्कृष्ट बनाईने दाबी गरे । यसैगरी प्रचारप्रसार उपसमितिका संयोजक बिष्णुप्रसाद घिमिरेले फेस्टिबलमा हरेक नेपालीले १ जना जापानी साथी लिएर सहभागी हुन अपिल गरेका छन ।

यसैगरी एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक भेषनाथ गौतमले नेपाल र नेपाली चिनाउने यो अभियानमा सरिक भईदिन नेपाली जनसमुदायमा अपिल गरे । यसैगरी आर्थिक उपसमिति संयोजक दिपक कार्कीले कम खर्चमा उत्कृष्ट फेस्टिबल सम्पन्न गरिने दाबी गरे भने एनआरएनए क्षेत्रीय समितिका कोषाध्यक्ष रुपेश पुनले फेस्टिबलका लागि आर्थिक सहयोग संकलन गर्ने कार्यलाई तिब्र पारिएको जानकारी दिए । एनआरएनए क्षेत्रीय समिति नागोयाका उपाध्यक्ष एवं फेस्टिबलमा स्टल व्यवस्थापन समितिका संयोजक योवन देवानले स्टलहरु सबै बुकिङ भईसकेको बताए ।

एनआरएन क्षेत्रीय समिति नागोयाका संस्थापक संयोजक समेत रहेका एनआरएनए अभियान्ता पारसमणि पोखरेलले यो पटकको नागोया फेस्टिबलमा स्टेजको अगाडि दुईवटा वटा ठूला एलइडी स्क्रिन र कार्यक्रमको दृश्य कैद गर्न ४ वटा भिडियो क्यामेरा जडान गरिने जानकारी दिए । जसले स्टेजको प्रस्तुती हेर्न चारैतिरबाट सहज हुने दाबी गरे ।

नागोया सहरमा हुन गईरहेको नेपाल फेस्टिबलको तिथिमिति नजिकिदैं गर्दा यसको चहलपहल र चर्चापरिचर्चा बढ्न थालेको छ । नेपालीहरुको दोस्रो जनघनत्व रहेको नागोया सहर राजधानी टोकियोबाट ३ सय ४६ मीटर पश्चिममा पर्दछ ।***

तपाईको प्रतिक्रिया