Deneme Bonusu Veren Siteler
सोमबार, चैत्र ०३, २०८१
Monday, March 17, 2025

यदि तपाई पनि राति बत्ती बालेर सुत्नुहुन्छ भने स्वास्थ्य विज्ञहरुका अनुसार यो तपाईको स्वास्थ्यका लागि हानिकारक हुन्छ । युवायुवतीले राम्रो स्वास्थ्यका लागि ८ घण्टा सुत्नु अति आवश्यक छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मानिसको लागि राम्रो निद्रा भनेको थेरापी जस्तै हो जसले शरीरको पूर्ण थकानबाट मुक्ति दिलाउँछ । आरामदायी निद्राको साथ तपाईको दिमागले राम्रोसँग काम गर्दछ । यसले मांसपेशिहरु पनि रिकभर गर्छ । मूड राम्रो रहन्छ र धेरै रोगहरु को खतरा छैन । सुत्दा पनि हामीले केही सावधानी अपनाउनुपर्छ, नत्र यसले शरीरलाई धेरै किसिमको हानि पु-याउन सक्छ ।

धेरैलाई सुत्ने बेला कोठाको सबै बत्ती निभाउने बानी हुन्छ ताकि उनीहरुलाई कुनै प्रकारको गडबडी नहोस् । तर कतिपय मानिसले त्यसो गर्दैनन् । कसैलाई बत्ती बालेर सुत्न मन लाग्छ वा कोही अल्छी भएकाले बत्ती निभाउँदैनन् । तर तपाईको जानकारीको लागि, हामी तपाईलाई बताउँछौं कि बत्ती बाल्नु स्वास्थ्यको लागि फाइदाजनक छैन ।

  • एक स्वस्थ जीवन शैली को लागी प्रकाश आवश्यक छ । अन्धकारले पनि समान भूमिका खेल्छ । स्वीडेन र नर्वे जस्ता देशहरूमा गर्मी मौसममा करिब ६ महिनासम्म सूर्य अस्ताउँदैन भन्ने कुरा तपाईंले पटकपटक पढ्नुभएको होला । जसका कारण धेरै मानिस डिप्रेसनको सिकार हुन्छन् भने भारतमा यदि मानिस उज्यालोमा सुत्न चाहन्छन् भने त्यसका लागि इलेक्ट्रोनिक बत्तीको प्रयोग गर्छन् । निलो प्रकाशले तपाईंलाई चिडचिडा बनाउन सक्छ ।
  • बत्ती बालेर सुत्नुभयो भने शान्त निन्द्रा लाग्दैन । धेरै रोग लाग्ने खतरा पनि हुन्छ । जस्तै- उच्च रक्तचाप, मुटुको समस्या । त्यसैले गल्तीले पनि बत्ती बालेर सुत्नु हुँदैन ।
  • बत्ती बालेर सुत्दा पूर्ण निद्रा आउँदैन भन्ने विश्वास गरिन्छ । जसको असर भोलिपल्ट देखिने गर्छ । जसका कारण अफिसको काम गर्न कठिनाई हुन सक्छ । जसका कारण तपाई सुस्त र थकान महसुस गर्न सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया