Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – भारतको सत्तारुढ गठबन्धन एनडिएले तेस्रो कार्यकालका लागि पनि नरेन्द्र मोदीलाई नै प्रधानमन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको छ । कार्यवहाक प्रधानमन्त्री मोदीको निवासमा बसेको एनडिए गठबन्धन बैठकलले मोदीलाई नै प्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।

बैठकमा नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, टीडीपी प्रमुख चन्द्रबाबु नायडू, बिहारका मुख्यमन्त्री नितिश कुमार र जेडीयु नेता लालन सिंह र सञ्जय झा उपस्थित थिए । बैठकमा बिहारका मुख्यमन्त्री नितिश कुमारले सरकार गठन प्रक्रियालाई चाँडो अघि बढाउन आग्रह गरेका थिए ।

एनडिए गठबन्धनमा नितिश कुमार र नायडू प्रमुख घटकको रूपमा देखिएका छन् । सार्वजनिक भएको मतपरिणाममा जनता दलले १२ र टिडिपीले १६ सिटमा जितेको थियो ।

सन् २०१४ देखि लगातार प्रधानमन्त्री रहेका मोदीले चुनावको नतिजा सार्वजनिक भएपछि बुधबार दिउँसो पदबाट राजीनामा दिएका थिए । ८ जुनमा नयाँ प्रधानमन्त्रीको सपथको तालिका सार्वजनिक भइसकेको छ ।

लोकसभाको निर्वाचनमा एनडिए गठबन्धनले २९२ सिट जितेको छ । भारतको लोकसभा ५४३ सदस्यीय रहेको छ । बहुमतका लागि २७२ सिट आवश्यक पर्छ ।

यो चुनावमा मोदीको दल भारतीय जनता पार्टी भाजपाले भने २४० सिट मात्रै जितेको छ । अघिल्लो पटक ३०३ सिट जित्दै सरकार बनाएको भाजपाले यसपटक भने गठबन्धन गरेर चुनावमा गएको थियो । चुनावी नतिजाले भाजपाको लोकप्रियता भने घटेको पुष्टि गरेको छ ।

तपाईको प्रतिक्रिया