Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौं – भारतमा ६ हप्ता लामो चुनावी प्रक्रियाअन्तर्गत सात चरणको मतदानपश्चात आज मत गणना भइरहेको छ । मंगलबारै मतगणना सकिने र अन्तिम नतिजा आउने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

अबको केही घण्टापछि मुलुकमा अर्को सरकार कुन दल वा गठबन्धनले बनाउने भन्ने टुंगो लाग्ने समाचारमा उल्लेख छ । कुल ५४२ लोकसभा सीटहरूको मतगणना मंगलबार बिहान ८ बजेदेखि शुरू भएको थियो । सुरत लोकसभा सीटमा बीजेपीले यसअघि नै निर्विरोध विजय हासिल गरिसकेको छ ।

डाटा नेटका अनुसार प्रारम्भिक मतगणनाअनुसार बीजेपी नेतृत्वको एनडीए गठबन्धनले अग्रता लिइरहेको छ । एनडीएलाई भारत (आईएनडीआईए) गठबन्धनले कडा टक्कर दिइरहेको छ । ताजा मतगणनाअनुसार एनडीए २७७ सिटमा अगाडि छ ।

भारत गठबन्धनले २०५ सिटमा अग्रता लिएको छ । ४७ सिटमा अन्य अगाडि छन् । प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले सोमबार पत्रकार सम्मेलनमा अप्रिल १९ देखि जुन १ सम्म सात चरणमा भएको मतदानमा देशका ९६.८ करोड दर्ता भएका मतदातामध्ये ६४.२ करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गरेको बताएका थिए ।

तपाईको प्रतिक्रिया