Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

टोकियो – गत अप्रिल २७ र २८ मा टोकियोमा सम्पन्न दुई दिवसीय मोना फेस्टिवलको आय-ब्यय विवरण सार्वजनिक गरिएको छ ।

आईतबार टोकियोमा आयोजित पत्रकार सम्मेलनमा मोना जापानले फेस्टिबल आयोजना गर्दा भएको हिसाब किताबको फेहरिस्त सार्बजनिक गरेको हो ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले इताबासी नगरपालिकाको सहकार्यमा उक्त फेस्टिवलको आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा फेस्टिबलको आय-ब्यय विवरण जानकारी गराउँदै फेस्टिबलका संयोजक समेत रहेका कोषाध्यक्ष ज्ञानेन्द्र केसीले

फेस्टिबलबाट ९४ लाख ७२ हजार ८ सय ३२ येन कुल आम्दानी भएको र ५१ लाख २४ हजार ४ सय ९२ येन कुल खर्च भएको जानकारी दिए । जसअनुसार आयबाट ब्यय घटाउँदा ४३ लाख ४८ हजार ३ सय ४० येन बचत भएको उनले जानकारी गराए । यसैगरी मोना फेस्टिवलका लागि स्पोन्सर बापत कबुल गरिएको ७ लाख ८९ हजार येन उठ्न बाँकी रहेको ब्यहोरा पनि कार्कीले जानकारी गराए ।

सो अवसरमा मोना जापानका सल्लाहकार समेत रहेका पत्रकार तिलक मल्लले मोना फेस्टिबलका सम्बन्धमा संस्थाको समीक्षात्मक धारणा राख्दै फेस्टिबलका माध्यमबाट जापानी समुदायमा नेपाल र नेपालीलाई चिनाउनुका साथै दुई देशबीचको सम्बन्ध जनस्तरसम्म स्थापित गर्न सफल भएको बताए । फेस्टिबल सम्पन्न गर्न जापानका नेपालीहरुबाट उत्साहजनक साथ, सहयोग, ऐक्यबद्धता र बिश्वास प्राप्त भएको र यो बिश्वासलाई डगमगाउन नदिन मोना जापानले अझ जिम्मेवार भएर अगाडि बढ्न प्रेरणा मिलेको उनले बताए । फेस्टिबलको निरन्तरताका सम्बन्धमा इताबासी नगरपालिकासंग मोना जापान नियमित अन्तरसंबादमा रहेको र दुबै पक्ष सकारात्मक देखिएकोले संभावनाका ढोका खुल्ला रहेको उनले बताए ।

मोना जापानका अध्यक्ष विशाल केसीको अध्यक्षता र मोनाका अन्तर्राष्ट्रिय अध्यक्ष ददिवल खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पत्रकारहरुद्वारा राखिएको जिज्ञासाको सम्बोधन गरिएको थियो ।

सो अवसरमा फेस्टिबल सम्पन्न गर्न सहयोग गर्ने प्रायोजक, स्टल राखेर रहयोग गर्ने ब्यवसायी, कलाकर्मी, स्वयमसेवक, सहआयोजक तथा सहयोगी संघसंस्था सबैलाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।

मोना जापानका बरिष्ठ उपाध्यक्ष गणेश श्रेष्ठको स्वागत मन्तब्य रहेको सो कार्यक्रममा नवागन्तुक विद्यार्थी म्याग्देलीहरुलाई सम्मान पनि गरिएको थिया । जसअनुसार गण्डकी प्रदेशस्तरिय महिला भलिबल खेलाडी सस्मी पुन र मनिषा तिलिजा पुनका साथै जिल्ला स्तरिय महिला भलिबल खेलाडी डिमा पाईजा पुन रहेका थिए ।

कार्यक्रमको अन्तमा एनआरएनए जापानका अध्यक्ष नविन निउरे र प्रमुख अतिथि खड्काले फेस्टिबलका सम्बन्धमा आफुलाई लागेको धारणा ब्यक्त गरेका थिए भने समापन मन्तब्य राख्दै सभाध्यक्ष केसीले फेस्टिबल सफल बनाउन सहयोग गर्नुहुने सबै सबैलाई धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रममा मोना जापानका महासचिव सागर कार्कीको सञ्चालन रहेको थियो ।***

मोना फेष्टिबलका सहयोगदाताहरुको नामावली सूची: 

तपाईको प्रतिक्रिया