Deneme Bonusu Veren Siteler
आइतबार, चैत्र ०२, २०८१
Sunday, March 16, 2025

काठमाडौं – आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले होमस्टे, होटेल तथा रिसोर्टका सञ्चालकहरूका लागि योग तथा पूर्वकर्म सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । आयुर्वेद तथा योगको माध्यमबाट पर्यटकलाई चिकित्सा सेवा प्रदान गरी चिकित्सा पर्यटनको विकास र प्रवर्द्धन गर्ने उदेश्यका साथ चन्द्रागिरि नगरपालिकास्थित मातातिर्थमा कार्यक्रम गरिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आयुर्वेदको माध्यमबाट पर्यटन क्षेत्रलाई टेवा पुर्‍याउनको लागि यो कार्यक्रम सञ्चालनमा ल्याइएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जनाएको छ ।  आयुर्वेदका औषधिहरूले मालिस, बाफले सेक्ने आदि विधिहरू रोगी व्यक्तिका लागि मात्र नभई तनाव व्यवस्थापन तथा स्वास्थ्य प्रवर्द्धन हेतु समेत प्रभावकारी रहेको हुनाले पर्यटकहरूका लागि आकर्षक रहेको छ ।

पूर्वीय दर्शनमा वर्णन गरिएको योगका विभिन्न विधिहरू तर्फ समेत पर्यटकहरूको आकर्षण बढेको र उक्त सेवाहरू आफ्ना होमस्टे, होटेल तथा रिसोर्टहरुमा लागू गरिएको खण्डमा पर्यटकहरूको नेपाल बसाई लम्ब्याउन सकिने भएकाले यसतर्फ समेत ध्यान पुर्‍याउन आवश्यक रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको बुझाई छ ।

अभिमुखीकरणबाट लामो पदयात्रा गर्ने पर्यटकहरूका लागि सोही स्थानका होमस्टे, होटेल तथा रिसोर्टहरुमा आयुर्वेदिक मालिस सेवा प्रदान गर्न सकिने अपेक्षा गरिएको छ । यसबाट चिकित्सा पर्यटनको विकास र प्रवर्द्धन भएको हुनेछ ।

तपाईको प्रतिक्रिया