Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, वर्ग र जनताका निम्ति फेरि एउटा नयाँ आन्दोलनको तयारीमा रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा जनसांस्कृतिक महासंघ नेपालको राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उनले क्रान्तिको बाटो सरल रेखामा नजाने बताए । उनले सरकारको तर्फबाट सुशासन, सामाजिक न्याय र समृद्धिको मात्रै कुरा नगरिएको बताए । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई गम्भीरताका साथ हेर्ने हो भने समाजवादको बिउ रोप्ने प्रयास गरिएको उल्लेख गरे ।

‘हामीले अहिले समाजवादी मोर्चा बनाउने कुरा वा वामपन्थी ध्रुवीकरणको निम्ति पहल गर्ने कुरा समाजवादको आधार तयार पार्ने कुरासँग नै सम्बन्धित छ । हामी कोही द्विविधामा बस्न हुँदैन । किनभने क्रान्तिको बाटो सरल रेखामा जाँदैन । रणनैतिकरूपमा कतातिर सोच्दै छौँ भन्नेबारेमा ध्यान दिनुपर्छ । राष्ट्रको निम्ति, वर्ग र जनताको निम्ति फेरि पनि एउटा नयाँ आन्दोलनको तयारीका रूपमा हामी अघि बढिरहेका छौँ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले सामन्तवादी संस्कृतिले खडा गरेको रूढीवाद, अन्धविश्वास, अन्धभक्तिलाई पाखा लगाएर समाजवादी संस्कृतिको जग बसाल्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया